सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले आज ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलंगवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोली बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुल्ला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनायो ।
गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो । उहाँले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच