जोहानेसवर्ग । सन् २०२७ को आइसिसी एकदिवसीय क्रिकेट विश्वकप दक्षिण अफ्रिकाका आठ शीर्ष क्रिकेट स्टेडियमहरूमा खेलिने भएको छ । जसमा जोहानेसवर्गको वान्डरर्स, डरबनको किंग्समिड र केप टाउनका न्युल्याण्डहरू समावेश छन् । सन् २०२७ को विश्वकप अक्टोबर-नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्तरूपमा आयोजना गर्दैछन् ।
क्रिकेट दक्षिण अफ्रिका (सिएसए) का प्रमुख कार्यकारी अधिकृत फोलेत्सी मोसेकीले होटलको कोठा र विमानस्थलको उपलब्धतालाई ध्यानमा राखेर स्थान तय गरिएको बताउनुभयो । मोसेकीले बेनोनी, जेबी माक्र्स ओभल र डायमण्ड ओभलका तीन स्थान छाड्नु आफूलाई कठिन निर्णय भएको बताउनुभयो । ‘हामीसँग ११ आइसिसीद्वारा मान्यता प्राप्त स्थानहरू छन् त्यसैले तीनवटा छोड्न गाह्रो थियो तर धेरै कुराहरूलाई ध्यानमा राखिएको थियो,’ उहाँले भन्नुभयो, ‘कार्यक्रम स्थलबाहेक यसको वरिपरि तालिम स्थलको उपस्थिति पनि महत्वपूर्ण मुद्दा थियो ।’
दक्षिण अफ्रिकामा हुने प्रतियोगिताको मुख्य स्थान वान्डरर्स, प्रिटोरियाको सेन्चुरियन पार्क, किंग्समिड, सेन्ट जर्ज पार्क गेबरहा, पार्लको बोल्याण्ड पार्क र न्युल्याण्ड्स हुनेछन् भने ब्लोमफन्टेनको मंगाउङ ओभल र पूर्वी लण्डनको बफेलो पार्कले पनि केही खेलहरू आयोजना गर्नेछन् । प्रतियोगिताका अन्य खेल सहआयोजक जिम्बाबे र नामिबियामा हुनेछन् ।
आयोजक दक्षिण अफ्रिका र जिम्बाबे प्रतियोगिताका लागि सिधै छनोट भएका छन् । तर, नामिबियाले अफ्रिकन छनोटबाट गुज्रनुपर्नेछ । आइसिसी एकदिवसीय वरीयतामा शीर्ष आठ टोली सिधै प्रतियोगिताका लागि छनोट हुनेछन् भने बाँकी चार स्थान ग्लोबल क्वालिफायर प्रतियोगिताले निर्धारण गर्नेछ ।
प्रतियोगितामा सात/सात टोलीका दुई समूह हुनेछन् । प्रत्येक समूहका शीर्ष तीन टोलीहरू सेमिफाइनल र फाइनलमा विजेताहरू निर्धारण गर्न सुपर सिक्स चरणमा पुग्नेछन्, जहाँ टोलीहरू समूह चरणमा एकपटक एकअर्कासँग खेल्नेछन्, जुन २००३ को विश्वकप जस्तै छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच