आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बुलेट यात्रा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नयाँ बर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउस प्रा. लि.ले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्वीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हो ।

रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमाडौंदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । बिभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताउनुभयो ।

‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागिता रहेको कार्कीले बताउनुभयो । चैत्र ३० गते काठमाडौंबाट निस्केको राइडरहरुको टोलीले २०८१ बैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकास्थित चर्चित ताँवे डाँडामा बिषेश कार्यक्रमका साथ बन भोजको आयोजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले यस्ता किसिमका कार्यक्रमले आपसी भाइचारा कायम रहने र नेपालमा टु ह्विलर टुरीजमको बिकास हुने बताउभयो ।

काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार काठमाडौंस्थित नेपाल बुलेट हाउसको कार्यालयबाट नेपालका फिल्मी जगतका स्टार निखिल उप्रेतीले राइडको सफलताको लागि शुभकामनाका साथमा बिदाइ गर्नु भएको छ । सबै राइडरले नेपालको झन्डासहित निस्केका उनिहरु काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँबे डाँडामा बिषेश कार्यक्रममा भाग लियर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भएर बैशाख २ गते काठमाडौं फर्कने योजना रहेको अध्यक्ष रमेश कार्कीले बताउनुभयो । नेपाल बुलेट हाउसको आयोजनामा यसअघि पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?