जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-२ ले वडाभित्रका चारसय घरधुरीकाे घर बीमा गरेको छ।
गतबर्ष असोजमा आएको अविरल वर्षा र बाढी पहिरोले यहाँका अधिकांश घरमा क्षति पुर्याएपछि नागरिकको राहतका लागि वडाका सबै घरधुरीलाई घर बीमा गरेको वडाध्यक्ष तिर्थ वडले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश समानिकरण अनुदानको बजेटबाट वडाले २ लाख ५० हजार रकम घर बीमा भनेर विनियोजन गरिएको थियो । वडाध्यक्ष वडले भन्नुभयो ,'प्रतिघरलाई ३ लाखको शिखर बीमा कम्पनीसंग सम्झौता गरेर घर बीमा वडाले गरिदिएको छ। अब बाढी पहिरो, बर्षा र प्रकृति प्रकोपले घरमा क्षति गरेपछि बीमा कम्पनीबाट सो बराबरको रकम पाउने छन् ।' वडाध्यक्ष वडको भनाइ छ ।
वडाध्यक्षमा निर्वाचित भएको दुई बर्ष पुगेको अवधिमा गरेका कार्य प्रगतिको पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्दे वडाध्यक्ष वडले भन्नुभयो ,'आव २०७९-८० मा वडामा १ करोड ४४ लाख ७९ हजार बजेट विनियोजन भएको थियो । सो बजेटबाट१७ वटा योजना सम्पन्न भई संचालनमा आएका छन्।' विभिन्न सामाजिक क्षेत्रका सचेतनाका कार्यक्रम समेत संचालन भएको वडाध्यक्ष वडले जानकारी दिनुभयो ।
गाउँपालिकाबाट वडामा आव २०८०-८१ मा २ करोड ५८ लाख ७० हजार बजेट विनियोजन भएको थियो । कुल बजेटको चालू आवको फागुनसम्म ७ दशमलव ३५ प्रतिशत खर्च भएको छ। १९ वटा योजना सम्झौता भई कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन बाकी भएकोले खर्च कम भएको हो । सबै योजना सम्पन्न गर्नेका लागि उपभोक्ता समिति लागि परेका छन् । जेठको अन्तिम साता योजनाको सबै भुक्तानी गरिसक्ने वडाध्यक्ष वडले जानकारी दिनुभयो ।
विपन्न बालबालिकालाई स्वास्थ्य बीमा गर्नेका लागि ५० हजार बजेट विनियोजन भएको छ। वडाका अति गरिब र विपन्न बालबालिकाको स्वास्थ्य बीमा गरेको वडापालिकाले जनाएको छ। उहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच