काठमाडौँ। आयरल्यान्ड उल्भ्सले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो। योसँगै पाहुना टोली आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ।
आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो।
नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रन बनाएर आउट भए ।
नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८. ३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
विशाल ग्रुपका अनेक बदमासी, अनुसन्धानको
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच