काठमाडौं । दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासको जन्म शताब्दी वर्षको उपलक्ष्यमा सम्मान समारोहको आयोजना भएको हो । ब्रिलियन्ट कलेजको आयोजनामा भएको उक्त सम्पन्न कार्यक्रम पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यथा रहेको थियो ।
प्रमुख अतिथि कोइरालाले १०० वर्षको जीवन भोगिसक्नुभएका डा.गौरीशङ्कर लाल दासको सम्मान गरेर ब्रिलियन्ट कलेजले आपूmलाई संस्कारयुक्त शिक्षा दिने संस्थाका रूपमा प्रमाणित गरेको बताउनुभयो । उहाँले नदी र लामो अनुभव प्राप्त गरेका व्यक्तिबाट प्रेरणा लिएर अघि बढेमा मात्र विद्यार्थी सफल बन्न सक्ने धारण राख्दै त्यस्ता सफल व्यक्तिले मात्र देशका लागि योगदान पु¥याउन सक्ने विचार व्यक्त गर्नुभयो ।
कलेजका प्रिन्सिपल दुर्गाप्रसाद नेपालको स्वागत मन्तव्य प्रकटसँगै उक्त समारोहमा ‘युवासँग दिव्य शताब्दी पुरुष’ कार्यक्रम सञ्चालन गरिएको थियो । नेपलले डा.दासलाई सय वर्ष पुगेको अवसरमा नागरिकस्तरबाट दिव्य शताब्दी पुरुषको मानार्थ दिइसकेको स्मरण गराउँनु भयो । डा.दासको नेपालको चिकित्सा सेवा, मानव अधिकार, समाज सेवा, व्यवस्थापन र सुशासनको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।
सम्मानित व्यक्तित्व डा.लाल दासले आफ्नो जीवनका विभिन्न अनुभव सुनाउँदै आजको दिनमा असल शिक्षाको आवश्यकता रहेको विचार व्यक्त गर्नुभएको थियो । शिक्षा जोसुकैबाट पनि लिन सकिने विचार राख्दै विद्यार्थीहरूलाई अल्छी नगरी विद्या आर्जनमा जुट्न आग्रह गर्नुभएको थियो । एक सय वर्षमा पनि उहाँ उत्तिकै सक्रिय रहेको अवगत गराउँदै हाल पनि विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने गरेको अवगत गराउनुभयो । डा. गौरीशंकर लाल दासको जन्म सन् १९२४ मा सिरहाको इनरुवामा भएको हो । डा.दासले भारतमा पढेको जानकारी दिँदै विसं २००७ मा एमबीबीएस सकेपछि बेलायत गएर क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गरेको बताउनुभयो ।
विसं २००९ मा नेपाल आएर उहाँले वीर अस्पतालमा सेवा सुरु गरी २०५७ सालदेखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेको अनुव पनि सुनाउनुभयो । काठमाडौंको चाबहिल बस्ने गरेको अवगत गराउने डा.दासले समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । डा.दास त्रिशक्तिपट, गोरखा दक्षिणबाहु, प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु लगायतबाट सम्मानित भइसक्नु भएको छ ।
ब्रलियन्ट कलेजका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षता रहेको उक्त कार्यक्रममा मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले ब्रिलियन्ट कलेज स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै यस कलेजले आपूmलाई यस क्षेत्रको अब्बल संस्थाका रूपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले आगामी शैक्षिक सत्रदेखि ब्रिलियन्ट कलेजले संगीत र ब्युटिसियनजस्ता विषयमा पनि अध्यापन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका वडा नं-७ का वडाध्यक्ष विमलकुमार होडा, समाजसेवी मोहनमणि आचार्य, कलेज सञ्चालक समितिका पदाधिकारीहरू, दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासको जन्म शताब्दी मूल कार्यसमितिका पदाधिकारीहरूलगायत कलेजका शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सहभागीहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच