मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट पुरुष घाइते

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका-७ बस्ने ३२ वर्षीय रमेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान आफ्नै खेतमा पानी लगाउन गएका बोटेलाई नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले आक्रमण गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते बोटेको ढाड र अनुहारमा चोट लागेको जनाइएको छ ।

मनहरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?