तेस्रो ब्याचका लागि स्टार्टअप आवेदन आहृवान

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गत तेस्रो ब्याचका लागि स्टार्टअपको आवेदन आहृवान गरेको छ । जसका लागि कात्तिक १५ गतेसम्म अनलाइन आवेदन गर्न सकिने संगठनले जनाएको छ । संगठनका अनुसार नमुना कार्यक्रमका रूपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोस्रो चरणका कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

कार्यक्रमअन्तर्गत स्टार्टअप व्यवसायलाई निःशुल्करूपमा व्यावसायिक योजना तर्जुमा, व्यावसायिक योजनाअनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्प आयोजना, बिजनेस क्यानभास मोडल, बिजनेस हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रम आयोजना गरी परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो र दोस्रो ब्याच गरी ३० जना स्टार्टअप ग्र्याजुएसन भइसकेका छन् ।

विगत दुई वर्षमा स्टार्टअप उद्यमीलाई व्यावसायिक विकासका सेवा प्रदान गर्न चारजना बिजनेस कोच तथा १५ जना मेन्टर्सको क्षमता अभिवृिद्ध गरिएको संगठनले जनाएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पुँजीको सहजीकरणका लागि विराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ । २४ लगानीकर्ता आबद्ध नेटवर्कले पुँजी आवश्यक पर्ने व्यावसायिक सम्भावना उच्च भएका स्टार्टअपमा लगानी गर्ने बताइएको छ ।

विगत वर्षको अनुभवबाट सिक्दै थप प्रभावकारीरूपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायी रहने गरी तेस्रो ब्याचका लागि प्रस्ताव आहृवान गरिएको संगठनको भनाइ छ ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउन्टेन्ट्स संघलगायतका संस्थासँगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघसंस्था तथा सरोकारवालासँग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने संगठनले जनाएको छ ।

१० महिना अवधि रहने तेस्रो चरणको कार्यक्रममा नवीन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका सुरुवाती अवस्थाका नवीन उद्यमी सहभागी हुन सक्ने बताइएको छ । कार्यक्रमले नवीन व्यावसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुनसक्ने सम्भावना भएका, महिला उद्यमी, वैदेशिक रोजगारीबाट फर्केका युवाको आइडियालाई विशेष ग्राहृयता दिइने संगठनले जनाएको छ ।

स्टार्टअप प्रवद्र्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्थाहरू एवं निजी क्षेत्रबीच समन्वय गरी विराटनगरलाई स्टार्टअप व्यवसाय विकासको हबका रूपमा विकास गर्दै व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाको दिगो इकोसिष्टमको जग बसाल्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको स्टार्टअप तथा इनोभेनस समितिका संयोजक सुरेन्द्र गोल्छा तथा संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?