रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्स्कीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए ।

‘अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रको ठूलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच ठूला झडप भएका छन् ।

सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । हजारौँ सर्वसाधारणहरू दोनेत्स्क क्षेत्रमा फसेका र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?