चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएको आरोप लगाउनु भएको छ ।
महानगर जनताले तिरेको करबाट चलेको भन्दै उहाँले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताउनु भयो । महानगरलार्इ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उहाँको आरोप छ।
भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उहाँले बताउनु भयो । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् ।
राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उहाँले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि पाएको बताउनु भयो । ‘म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो,’ उहाँले भन्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल