काठमाडौं । तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोकसांस्कृतिक संघले सम्मान गरेको छ । दुबई शहरको आब्रा बरदुबईस्थित ब्लु प्यालेस होटलमा राष्ट्रिय लोकसांस्कृतिक संघद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका अवसरमा सम्मानित अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली समाजका संस्थापक उपाध्यक्ष एवं विगत चार दशकदेखि युएईमा रहनुभएका समाजसेवी चन्द्रप्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले सम्मान-पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सापकोटाले युएईमा रहेर आफ्नो कामका साथै युएई तेक्वान्दो संघको पहिलो नेपाली राष्ट्रिय रेप्रीm बन्न सफल भएर विभिन्न देशका खेलाडी तथा अफिसियलहरूलाई खेलकुदका माध्यमबाट नेपाललाई चिनाउँदै आउनुभएको कुराले सबै गौरवान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी भूमिमा पनि चाहना भए सम्भव हुन्छ भन्ने भनाइलाई तपाईंले साबित गर्दै धेरै नेपाली युवाहरूको प्रेरणाको स्रोत बनेर उदाहरण पेश गर्दै उहाँहरूलाई केही गर्ने हौसला प्रदान गर्नुभएको छ ।’
त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठले अधिकारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकारीको यो लगनशीलताले आज विदेशी भूमिमा सिंगो नेपाललाई प्रतिनिधित्व गर्दै नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगत्मा समेत उच्च पार्न अहं भूमिका निर्वाह गर्नुभएकाले तपाईँलाई धन्यवाद व्यक्त गर्दछु ।’
उक्त कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नवीन कार्कीलगायत विभिन्न विचारधारा बोक्ने संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरीयता जी-२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो तर कोरियाली खेलाडीसँग पराजय भोग्नुपरेको थियो ।
विगत एक दशकदेखि युएईमा रहनुभएका अधिकारीले हाल युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्य गर्दै आइरहनुभएको छ । उहाँले अरबिक, कोरियन, फिलिपिन्सलगायतका खेलाडीहरूलाई प्रशिक्षण गराइरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच