सिआइबीसँग अरुण चौधरीले भने : कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्न म तयार छु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसँग करिव १० घण्टा बयान लिएको छ ।

शुक्रबार सिआइबीसँगको बयानका क्रमम उनले बाँसबारीस्थित १० रोपनी जग्गा फिर्ता गर्न आफू तयार भएको बताएका छन्। तीन जना सरकारी वकिलको रोहवरमा शुक्रवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म लिएको बयानका क्रममा अरुणले उक्त कुरा बताएका हुन् ।

हाल उनी सिआइबीको नियन्त्रणमा छन् ।

यस प्रकरणमा कांग्रेसका सासंद विनोद चौधरीको नाम पनि जोडिएको छ । भाइ अरुणले नै बयानका क्रममा दाजुकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको भनेको स्रोतको दाबी छ । सीआईबीले भाइ अरुणलाई पक्राउ गरे पनि दाजु विनोदलाई भने पक्राउ गरेको छैन ।

काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनलाई सिआइबीले बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेको थियो।

अदालतले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुवै जनालाई ग्राण्डी अस्पताल सारिएको छ।

प्रहरीको थुनाकक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए। चिरायुकै सिफारिसमा उनीहरूलाई शुक्रबार अझ सुविधा सम्पन्न अस्पताल ग्राण्ड सारिएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?