बारा । १४औँ जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । सोमबार राती सिमरा रंगशालामा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको फाइनलमा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै उपाधि जितेको हो । विजेता पुलिसले १० र उपविजेता मच्छिन्द्रले पाँच लाख रुपैयाँ पाएका छन् ।
निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । पुलिसको जितमा वैकल्पिक खेलाडी अमित टमाटा नायक बन्नुभयोे । सञ्जित श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्नुभएका अमितले सौरभ लिम्बू र चन्दन दासको पेनाल्टी बचाउनुभयो ।
पुसिललाई जिताउन कप्तान रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गर्नुभयो । मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्रै गोल गर्नुभयो । त्यसअघि निर्धारित खेलमा मच्छिन्द्र नौ खेलाडीमा सीमित भएको थियो । उत्सव राई ८४ र मनिष डाँगी ८८औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो ।
पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित हुनुभयो भने पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । पुलिसका उज्ज्वल राई र वीरगञ्ज युनाइटेड क्लबका फागुराम चौधरी प्रतियोगिताको उच्च गोलकर्ता बन्नुभयो ।
आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्ज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड पाउनुभयो । प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टिमले नै प्राप्त गर्यो । मच्छिन्द्रका विमल घर्तीमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले टिभिएस स्कुटर प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच