
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजना सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवका अवसरमा बैंकले वैशाख ३१ गतेसम्म एक महिना लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट तथा क्यास ब्याकलगायतका योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्पmत् एक हजार वा सोभन्दा बढीको कारोबारमा १७ प्रतिशत वा बढीमा एक सय ७० क्यास ब्याक पाउनेछन् ।
त्यसैगरी सिटिजन्स स्मार्टमार्फत् क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई पनि पाँच सय रुपैयाँ वा सोभन्दा बढीको कारोबारमा १७ प्रतिशत वा बढीमा एक सय ७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्करूपमा उपलब्ध गराउनुका साथै निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्थासमेत गरेको छ । बैंकका निस्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ एक सय ५० रुपैयाँ छुट प्रदान गरिने पनि बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच