काठमाडौं । कोशी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक तथा माओवादी केन्द्रमा गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको उक्त प्रस्ताव पेश भएसँगै बैठक भोलि ११ बजे सम्मका लागि स्थगित भएको हो ।
असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले मुख्यमन्त्री केदार कार्कीलाई समर्थन र विश्वासको मत दिन नसकेको भन्दै एमालेले बताएको छ ।
एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको एमाले प्रमुख सचेतक भण्डारी बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन उहाँ अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।’
उहाँले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको समेत बताउनु भयो । उहाँले अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको बताउनु भयो ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता पक्षसँग ३३ जनाको मात्र समर्थन रहेको छ ।
मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच