हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजकोट गाउँपालिकाले गरिब विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ जिबानामा रहेको कुलदेवसिल्तो महिला आमा समुहका ३५ जना सदस्यलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । आमा सहुहका प्रत्येक सदस्यलाई एक–एक वटा बाख्रा गाउँपालिका अध्यक्ष लालकेश जैसीले वितरण गरिएको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।
महिलालाई आत्मनिर्भर तथा व्यवसायिक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले नेपाल सरकारको पोषण सुधारका लागि बिपन्न समुदायका महिला सदस्यहरुको आय आर्जन सुधार कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको संयोजक ढकालले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको स्वास्थ्य तर्फको सर्शत बजेटले वडा–१ मा रहेका उक्त समुहका महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा एक वडाका एक समुह भित्र रहेका महिलालाई उन्नत जातका बाख्रा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
यहाँका गरिब, विपन्न तथा दलित महिला किसानलाई व्यवसायी बनाउन र व्यवसाय उत्पादनमा जोड दिनका लागि बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच