सर्लाही । ९ महिनाअघि सर्लाहीको लखन्देही खोलामा टाउको र रानिगञ्ज जङ्गलमा शरीर फेला परेका भारतीय युवकको हत्यामा संलग्न रहेका अर्का भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको वर्ष साउन २५ गते हरिवन नगरपालिका–४, स्थित पूर्व पश्चिम राजमार्गको लखन्देही पुलमुनि घाँटी भन्दा तलको भाग काटिएको अवस्थामा बेवारिसे पुरुषको टाउको मात्रै फेला परेको थियो । त्यसको दुई दिनपछि लालबन्दी नगरपालिका–१७, स्थित पूर्व पश्चिम राजमार्ग नजिक रानिगञ्ज जङ्गलमा टाउको भन्दा तलको शरीर फेला परेको थियो ।
उक्त टाउको र शरीर भारतको सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा नं। ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको रहेको भनी पछि परिवार आएर पुष्टी गरेका थिए । अभिषेकको हत्यामा संलग्न रही फरार रहेका भारतको सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम वडा नं ५ बस्ने २७ वर्षीय रन्जित कुमार बैठालाई प्रहरीले पक्राउ गरेको हो । बैठालाई सदरमुकाम मलङ्गवा नगरपालिका–८, गोरखकालीस्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागिरहेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले बैठालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर वीभत्स हत्याको घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको बताउनुभएको छ । अभियुक्त बैठा पक्राउ परेसँगै प्रहरीलाई घटनाका अन्य अभियुक्तको खोजी गर्न सहज भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच