चलचित्र ‘सिड्नी’ निर्माण हुने

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘सिड्नी’ निर्माण हुनेभएको छ । अष्ट्रेलियाको शहरमध्येको एक सिड्नी नाममाथि नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको हो । चलचित्रमा सविन श्रेष्ठ र रीमा विशवकर्माको मुख्य अभिनय रहने छ ।

राजधानीमा एक कार्यक्रमबीच औपचारिक रूपमा चलचित्र निर्माणको घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने यस चलचित्रको छायांकन २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमै हुने बताइएको छ ।

ओमाइगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त व्यानरमा निर्माण हुने यस चलचित्रमा नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई समेटिने र अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई प्रस्तुत गरिने निर्माण टिमले बताएको छ ।

युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरिबहादुर घलेले छायांकन गर्दै हुनुहुन्छ । अम्बर रसाइली प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?