काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आज बसेको बैठकले सरकारलाई बाहिर नै बसेर समर्थन गर्ने निर्णय गरेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनु भएको छ ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
प्रदेश प्रमुख नजिर मियाँले आजै सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियाे ।
आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नुभएको मुख्यमन्त्री सोडारीले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीसमेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच