काठमाडौं । पहिलोपटक नेपालमा हुन लागेको नेपाल कबड्डी लिग(एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ । फ्रेन्चाइज कबड्डी लिग आगामी जुलाई २० देखि ३० तारिखको बीचमा सुरु गर्ने आयोजकको तयारी छ । सोही कबड्डी लिगका लागि स्वदेशी खेलाडीको छनोट गरिएको छ ।
शनिबार काठमाडौंको चमती खेलपार्कमा बागमती प्रदेश र तीन विभागीय टोलीबाट खेलाडी छनोट भएको थियो । चार टोलीबाट कुल ४५ जना प्रारम्भिक खेलाडी छनोट गरिएको छ । अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाको नेतृत्वमा प्रारम्भिक चरणको छनोट भएको हो । नेपालबाट कुल ३०० खेलाडीले कबड्डी लिगका लागि आफ्नो नाम दर्ता गराएका छन् । अहिलेसम्म सुदूरपश्चिमबाट २१ जना, गण्डकी, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशबाट ४६ जना र सुदूरपश्चिमबाट २१ खेलाडीको छनोट भइसकेको छ ।
अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाले अब कोशी र मधेश प्रदेशबाट छनोट हुन बाँकी रहेको बताउनुभयो । अक्सनका लागि करिब १७० देखि १८० स्वदेशी खेलाडी छनोट गरिने भएको छ । यस महिना नै दोस्रो चरणको छनोट काठमाडौंमा हुने आयोजकले जनाएको छ ।
यहाँबाट ६० जना स्वदेशी खेलाडी छनोट हुनेछन् । नेपाल कबड्डी लिगका डाइरेक्टर इप्रसाद राउ र सहभागी ६ फ्रेन्चाइज टोलीका प्रशिक्षकले अन्तिम चरणको छनोट गर्नेछन् । विदेशी २४ जना खेलाडीसहित कुल ८४ खेलाडी अक्सनमा सहभागी गराइने आयोजकको तयारी छ । हरेक टोलीमा चार विदेशीसहित कुल १४ खेलाडी समावेश हुनेछन् । नेपाल कबड्डी लिगमा कुल ६ फ्रेन्चाइज टोली रहनेछन् । यद्यपि टोलीको नाम भने निर्धारण गरिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच