काठमाडौं । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।
शनिवार र आईतवार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रश्ताव प्रश्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका हुन् ।
प्रश्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गर्नुभएका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको थियो । प्रश्ताव प्रश्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले महत्वपूर्ण ढंगले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु-याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका त्यस्ता व्यक्तिहरुलाई सम्मान हाम्रो घोषित योजना थियो । त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भुमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रश्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ । यहाँहरु समक्ष यो प्रश्ताव राख्न चाहन्छु । हामी पार्टीको तर्फबाट भोलि हिरक जयन्ती महोत्सवमा सम्मान गरिने महत्वपूर्ण व्यक्तिको रुपमा आदरणीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्युलाई यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रश्तावको रुपमा हामी अघि बढाउँछौँ । निर्णयको रुपमा यसलाई अघि बढाउँछौँ ।’
नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच