किर्ते तथा जग्गा विवाद प्रपञ्चको सिकारमा ‘हनुमन्ते करिडोर’, अर्बौं खर्च भइसक्दा पनि समस्या उस्तै

हिमालय टाइम्स
Read Time = 13 mins

कृष्ण तिमल्सिना
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि अहिले निर्माण भइरहेका करिडोर पक्कै पनि लाइफ लाइन नै बन्न सक्थे तर अधिकांश करिडोरमा अर्बौं खर्च भइसक्दा पनि समस्या उस्तै छ । कुनै पनि करिडोर पूरा भएका छैनन् । हरेक वर्ष थपिने नयाँ नयाँ बस्तीका कारण करिडोरको क्षेत्र बढिरहेको र आयोजना निरन्तर तन्किरहेको अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताउनुभयो । जसमा सबैभन्दा धेरै समस्या हनुमन्ते करिडोरमा देखिएको छ ।

हनुमन्ते नदीको भक्तपुर सल्लाघारीदेखि बालकुमारीसम्म तीन चरणमा काम भइरहेकोमा कुनै पनि खण्डको काम पूरा भएको छैन । जम्मा ११ किलोमिटर नदी नियन्त्रण र करिब आठ किलोमिटर सडक निर्माणका लागि अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिले अहिलेसम्म एक अर्ब ३० करोड खर्च गरिसकेको छ । हरेक प्याकेज ६०/६० करोडमा सम्झौता भएको भए पनि पहिलो चरणको काम मै समस्या छ । दोस्रो खण्डको ठेक्का सम्झौता झनै समस्याग्रस्त छ । हनुमन्ते करिडोर हेर्ने समितिका इञ्जिनियर मिहिरचन्द्र आचार्यका अनुसार अहिले पहिलो र दोस्रो चरणको बाँकी काम जग्गा विवादका कारण रोकिएपछि सोही ठेक्का सम्झौता बराबरको काम तेस्रो खण्डमा भइरहेको छ । राधेराधे पुलदेखि नयाँ थिमी बालकोट पुलसम्मको करिब २.८ किमी करिडोरको काम विभिन्न अवरोधबीच पूरा हुन नसक्ने भएपछि अहिले गोदावरी खोला मिसिने बालकुमारी दोभानसम्म करिब ३५० मिटर सडक खण्डमा तटबन्ध निर्माण, ढल तथा करिडोर सडकको काम भइरहेको छ । सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरबीचको पुरानो सीमांकन विवादले राधेराधे क्षेत्रमा काम गर्न नसकिएको आचार्यले बताउनुभयो ।

करिडोर निर्माणकै क्रममा हनुमन्ते खोलाको ५४ रोपनी जग्गाको भूस्वामित्व खोजी गर्ने क्रममा १७ रोपनी १४ आना जग्गा २०३१ सालमै जिल्ला भूमि प्रशासन कार्यालय भक्तपुरबाट निर्णय भई पूर्व-भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यको नाममा आएको विवाद पनि जोडिएको छ । पूर्वमन्त्री आचार्यले खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्रा गरेर ११२० को १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गराएपछि टुक्रा गरेर विभिन्न व्यक्तिलाई बेचेको पाइएपछि खोलालाई साविकको धारमा फर्काउने प्रयत्नसमेत समस्यामा परेको छ । खोलाले धार परिवर्तन गरेको समयमा छोपी २०३१ साल वैशाख ३१ नामसारि भएको रहेछ । उक्त जग्गा किर्ते गरी व्यक्तिको नाममा आएर धेरै पटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको जग्गा खाली गर्न सक्ने अवस्था छैन ।

आचार्यका अनुसार, सूर्यविनायक नगरपालिका-२ र मध्यपुर थिमी नगर-३ बीच सुरुदेखि नै रहेको सीमांकन विवाद मिलाउन र ल्याण्डपुलिङसम्बन्धी विषय टुंग्याउन पाँचवटा उपसमिति बनाउने सहमति भएको थियो । तर, तीनवटा उपसमिति बनेपछि बाँकी वडा अध्यक्षहरू रहने गरी गठन हुनुपर्ने दुईवटा उपसमिति बन्नै सकेन । आचार्यले भन्नुभयो, ‘त्यसबेला एमाले र माओवादी पार्टीमा विभाजन आएपछि वडा अध्यक्षहरूले बनाउनुपर्ने उपसमिति बहुमत जुट्नै नसकेर बन्नै सकेन, त्यसपछि करिडोरको काम ठप्प भयो ।’

हनुमन्ते करिडोर निर्माण भइरहेका बेला सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले करिडोर आयोजनालाई निर्माण रोक्न पत्राचार गरेपछि तत्कालै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले समेत आयोजनाको अवलोकन गरेको थियो तर दुवै स्थानीय तहले खोलामा परेको जग्गा आ–आफ्नो भएको दाबी छाडेनन् । विकास समितिले हनुमन्ते करिडोरका विषयमा सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेर समस्या समाधानको प्रयत्न गरे पनि त्यो सम्भव भएन । अहिले केन्द्रमा सरकार अर्कै समीकरणको रहेको तथा स्थानीय तहमा नयाँ जनादेश आएकाले करिडोरको काम अघि बढ्छ कि भन्ने अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिको अपेक्षा छ । जनप्रतिनिधिले आपसमा समन्वय गर्नुभयो भने ललितपुरको बालकुमारीको पुलबाट करिडोर सोझै राधेराधेमा निस्कन्छ, सवारी जाम मात्रै घट्दैन, इन्धनको खपत कम हुन्छ, सवारी व्यवस्थापन सहज बन्छ, आयोजनाका इञ्जिनियर आचार्यको भनाइ छ ।

आचार्यका अनुसार हनुमन्ते करिडोर निर्माण आयोजनामा सबैभन्दा बढी जग्गा विवाद छ । सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमीमा करिडोर निर्माणको काम चलिरहेको भए पनि, करिडोर निर्माणको सुरुमा राधेराधे पुलदेखि नयाँ थिमी बालकोट पुलसम्म २.८ किमी करिडोरको काम विभिन्न विवादमा फसेको, आचार्यले जानकारी दिनुभयो । ‘कोटेश्वरको जाम नियन्त्रण, वातावरणीय र अन्य विभिन्न सुधारका लागि हनुमन्ते करिडोरको आयोजना आएको हो तर जग्गा प्राप्ति र नदीको बहाव परिवर्तन समस्या बन्यो’, आचार्यले भन्नुभयो, ‘०७५÷७६ बाट राधेराधे पुलदेखि सुरु भएको यो आयोजनाको पहिलो चरणअन्तर्गत ६९ करोड ७० लाख रकमसहित पीएस गोल्डेन गुड समानान्तर जेभीले निर्माण ठेक्का पाएको थियो । उसले राम्रोसँग काम गर्नै पाएको छैन । हालसम्म मुस्किलले ७० प्रतिशत भौतिक प्रगति भएको छ । लामा समानान्तर जेभीले पाएको दोस्रो चरणको ठेक्का पनि उस्तै छ । ५६ करोड ६० लाख ठेक्कासहित ०७५ असोजदेखि सुरु गरेको काम शारदा कोलनी, सागबारी क्षेत्रमा गएर विवादमा फसेको छ । दोस्रो खण्डको कामको भौतिक प्रगति ३४ प्रतिशत पनि छैन ।’

जग्गाको विवाद जटिल समस्याको रूपमा देखा परेको हनुमन्ते करिडोरको सुन्दरबस्ती र बालकुमारीको कोलोनीमा चार सय मिटर क्षेत्रको जग्गामा विवाद छ । यस्तै, दोस्रो प्याकेजअन्तर्गत सागबारी क्षेत्रको ३५० मिटर क्षेत्रमा नदीको सीमा विवाद छ । राधेराधेको हकमा स्थानीय निकायले लिखित रूपमै निर्माणको काम रोक्न पत्राचार गरेका छन् । यस्तै, करिडोरको तेस्रो प्याकेजमा पनि जग्गाको समस्या जटिल बनेको इञ्जिनियर आचार्यले बताउनुभयो । मध्यपुरको कौशलटार पुलमुनि रामजानकी मन्दिरसम्म र सूर्यविनायक नगरपालिका-२ को कौशलटार पुलमुनि गोदावरी खोलासम्म जग्गाको विवाद सुल्झिन सकेको छैन ।

राधेराधे पुलदेखि नयाँ थिमी बालकोट पुलसम्मको करिब २.८ किमी करिडोरको काम विभिन्न अवरोधबीच पूरा हुन नसक्ने भएपछि अहिले गोदावरी खोलो मिसिने बालकुमारी दोभानसम्म करिब ३५० मिटर सडक खण्डमा तटबन्ध निर्माण, ढल तथा करिडोर सडकको काम भइरहेको छ । सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरबीचको पुरानो सीमांकन विवादले राधेराधे क्षेत्रमा काम गर्न नसकिएको आचार्यले बताउनुभयो ।

यस्तै, करिडोर निर्माणकै क्रममा हनुमन्ते खोलाको ५४ रोपनी जग्गाको भूस्वामित्व खोजी गर्ने क्रममा १७ रोपनी १४ आना जग्गा २०३१ सालमै जिल्ला भूमि प्रशासन कार्यालय भक्तपुरबाट निर्णय भई पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यको नाममा आएको विवाद पनि जोडिएको छ । पूर्वमन्त्री आचार्यले खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्रा गरेर ११२० को १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गराएपछि टुक्रा गरेर विभिन्न व्यक्तिलाई बेचेको पाइएपछि खोलालाई साबिकको धारमा फर्काउने प्रयत्नसमेत समस्यामा परेको छ । खोलाले धार परिवर्तन गरेको समयमा छोपी २०३१ साल वैशाख ३१ नामसारी भएको रहेछ । उक्त जग्गा किर्ते गरी व्यक्तिको नाममा आएर धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको जग्गा खाली गर्न सक्ने अवस्था छैन । अहिले हनुमन्ते नदी निजी जग्गा भएर बगिरहेको भन्दै स्थानीयले खोलालाई २०२१ सालको नापी अनुसारकै धारमा लैजान माग गरिरहेका छन् ।

हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्ने समस्या अन्त्य हुने स्थानीयको अपेक्षा हो । यसमा भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमीको सरोकार रहन्छ । नौ किलोमिटर लामो यो नदी बागमतीमा मिसिने ठाउँसम्म चार भागमा विभाजन गरी करिडोर निर्माणको काम थालिएको थियो । करिडोर निर्माणअन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गर्ने गुरुयोजनामा उल्लेख छ तर दुई वर्षभित्र करिडोर निर्माण गरिसक्ने आयोजनाको लक्ष्य चार वर्ष पुग्न लाग्दासमेत आधा पनि काम सकिएको छैन ।

सल्लाघारी पुलदेखि बालकुमारी पुलसम्मको करिब नौ किलोमिटर हनुमन्ते नदीलाई व्यवस्थापन गरी नदीको दुवै किनारामा आठ मिटर चौडा कालोपत्रे सडक, १ देखि २ मिटर फुटपाथ र १० मिटर चौडाइ हरियाली क्षेत्र कायम गर्ने लक्ष्य अनुसारको काम लगभग सकिएको छ । आइएनएस–स्वतन्त्र समाचारको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?