-राजेन्द्र गौतम
झापा। झापाको बिर्तामोडमा कारको ठक्करबाट मृत्यु भएका ११ वर्षीय सन्तोष रोका सडकमा आश्रित बालक भएको खुलेको छ ।
सामाजिक युवा अभियन्ता विष्णु आचार्यका अनुसार सन्तोषलाई ०७९ साल साउन ९ गते भारतको दार्जीलिङ आश्रमबाट उद्दार गरी पाँचजना बालक नेपाल ल्याइएको थियो । सन्तोषसँगै त्यसबेला भारतका दार्जिलिङ र शिलगुडी आश्रमबाट झापा भद्रपुरका प्रियंका राजवंशी, चितवनका किरण र मिलन तामाङ र जनकपुरका रोशन पञ्जिहारको उद्दार गरिएको थियो ।
कलकत्ताका महावाणिज्यदूत इश्वरराज पोखरेलको अगुवाईमा उनीहरूको उद्दार गरिएको थियोे । उनीहरूको उद्दारमा विश्व सेवा बिस्तार संस्था, माइती नेपाल, हाम्रो अभियान नेपाल, इलाका प्रहरी काँकडभिट्टा, शसस्त्र प्रहरी लगायतका संस्थाको समन्वयमा उनीहरूलाई कागजपत्र हेरेर त्यहीबेला परिवारको जिम्मा लगाइएको थियो ।
उपचारका क्रममा आइतबार बिहान बिएण्डसी अस्पतालमा मृत्यु भएका सन्तोष मेचीनगर नगरपालिका १३ कालीझोडाका गोपाल रोकाका छोरा हुन् । सन्तोष एक वर्षयता बिर्तामोडका सडक तथा गल्लीमा बस्ने गरेका थिए । सन्तोषका बुबा मजदुरी गरेर दैनिकी चलाउँदै आउनु भएकाे छ ।
कुलतमा फसेको र लामो समय परिवारबाट बिछोड भएका कारण सन्तोष घरमा बस्न मान्दैन थिए । उनको अधिकांश समय सडकमा बित्यो। सडकबाट सन्तोषलाई दुईपटक उद्दार गरेर शिवसताक्षी र अर्जुनधाराको बालआश्रममा लगिएको थियोे । उनी घरबाट भागेर सडकमै आश्रय लिँदै आएका थिए ।
'हामीले पटकपटक प्रयास गरौं, उनको दुईपटक उद्दार पनि नगरेको होइन' युवा अभियन्ता आचार्यले भन्नुभयाे,'सरकारी स्तरमा झापामा बालआश्रम छैन, यसको राम्रो प्रबन्ध नभए सडक आश्रित बालबालिकाको अवस्था र समस्या गम्भीर बन्नेछ ।' आचार्यले स्थानीय सरकारले पनि यस विषयमा गम्भीर बन्नु पर्ने र उपयुक्त परामर्शसहितको सरकारी बालआश्रम जरुरी भएको औंल्याउनु भयाे ।
शनिबार राति साढे दस बजेतिर सडकमा हिँडिरहेको बेला सन्तोषलाई चारपानेबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ च १९० नम्बरको कारले बिर्तामोडको मुक्तिचोकमा ठक्कर दिएको थियोे ।
ठक्करबाट गम्भीर घाइते भएका उनले बिर्तामोडका सडककिनार र खुला आकाशमा दिनरात बिताउँदै आएका थिए । मुक्तिचोक, अदुवापुल, पश्चिम बसस्टेन र बजारका गल्लीमा बस्दै आएका उनको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो ।
सन्तोषलाई ठक्कर दिने कारका चालक मेचीनगर नगरपालिका १ का २६ वर्षीय रोनस परियार इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच