हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्युभएको छ ।
स्वास्थ्यचौकीमा प्रसुति गराउन गएकी २८ वर्षिया रीता देवकोटाको आइतबार राति साढे १२ बजेर रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको साढे एक घण्टा पछि मृत्युभएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिएपनि आफ्न्तले ढिला आइतबार विहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इन्चार्ज टिका बोहराले बताउनुभयो ।
इन्चार्ज बोहराका अनुसार, आफन्तले भुतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातीको साढे दश बजे बच्चा जन्माउन सफल भएपनि त्यसको केही समयपछि देवकोटाको मृत्युभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बच्चा जन्माउनु अगाडी रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिएको पनि तर त्यसको केही समय पछि मृत्युभयो ।
मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तीएको उहाँको भनाई छ । गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उहाँको भनाई छ । यता जिल्ला अस्पतालका सिनीयर अनमी सरीता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उहाँले बताउनुभयो । तर दुर्भाग्यवस आमाको मृत्युभयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उहाँको भनाई छ । देवकोटाले पहिलो सन्तानकारुपमा छोरीलाई जन्म दिनुभएको थियो ।
दुर्गम हुम्लाका अधिकांस महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच