सेयर बजार ८.१० अंकले बढ्यो

Read Time = 3 mins

काठमाडौं । सोमबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ अंकमा पुगेको हो । यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ अंकले बढेर ३५८.८८ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ समूहमध्ये बैंकिङ र व्यापारबाहेक ११ वटै समूहगत सूचक बढेका छन् भने उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक २.४४ र १.५२ प्रतिशतले बढेको छ ।

कुल ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर एक अर्ब २७ करोड ८७ लाख ४ हजार सात सय २६ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । अघिल्लो दिन आइतबार एक अर्ब ६० करोडको सेयर कारोबार भएकोमा कारोबार रकम ३२ करोडले घटेको छ । कारोबारका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टको सात करोड ३४ लाख ९८ हजार चार सय ९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोल्टी होटल छ करोड १७ लाख ६८ हजार, ओरियन्ट होटल पाँच करोड ३९ लाख ९७ हजार, एनआइसी एसिया बैंक चार करोड ८३ लाख ३९ हजार र राष्ट्रिय बीमा कम्पनीको चार करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल ७.०१, गुडविल फाइनान्स ६.२३, सामुदायिक लघुवित्त ५.३६ र मायाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.४४ प्रतिशतले बढेको छ । तर, ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेर दुई सय ८९ रुपैयाँमा झरेको छ भने नयाँ सारथि लघुवित्त ३.६७, सपोर्ट माइक्रो फाइनान्स २.७०, तेह्रथुम पावर २.५३ र युनिक नेपाल लघुवित्तको सेयर मूल्य २.४० प्रतिशतले घटेको छ । कारोबार कित्ताका आधारमा सोल्टी होटलको सर्वाधिक दुई लाख १६ हजार २२ कित्ता सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?