माछापुच्छ्रेका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकारमा यात्रा गर्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सहयोग पुर्‍याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले अन्नपूर्ण केबलकारसँग सम्झौता गरिएको जनाएको छ ।

सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिका महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो, जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउँदै आएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट खरिद गर्दा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?