प्रथम रेसुङ्गा मेयर कप हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रथम रेसुङ्गा मेयर कप हुने भएको छ । यस नगरपालिकाको आयोजनामा यहिँ वैशाख २४ गतेदेखि २७ गतेसम्म प्रथम रेसुङ्गा मेयर कप हुने भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।

शाखा प्रमुख पन्थीकाअनुसार प्रथम रेसुङ्गा मेयर कपको अवसरमा वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । यस नगरपालिका भित्रका सम्पूर्ण वडाबाट प्रतिनिधित्व हुने गरी सम्बन्धित वडाका स्थायी बासिन्दा पुरुष खेलाडीहरुको टिम बनाएर प्रतियोगितामा सहभागी गराउनका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेतालाई नगद ३५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेतालाई नगद २५ हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने शाखा प्रमुख पन्थीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?