हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आजबाट सञ्चालन गरेको छ ।
सिमकोटमा रहेका होटल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका बीस जना होटल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाडौंबाट उमेश भुवाइ र मिलन तामाङ गरी दुई जना प्रशिक्षक आइपुगेका छन् ।
तालिमको उद्घाटनमा बोल्दै प्रशिक्षक भुवाइले यहाँको स्थानीय उत्पादनलाई कसरी बनाएर बनाउन सकिन्छ भन्ने जानकारी दिइने बताउनुभयो । बाहिरको भन्दा यहाँको खाना कसरी विदेशीलाई आकर्षित गर्न भन्ने बारेमा सिकाइने भुवाइले बताउनुभयो । यदी यहाँको उत्पादनले विदेशी तथा स्वदेशी पर्यटकलाई पाच्य हुन नसकेपनि कसरी पाच्य बनाउन सकिन्छ भन्ने बारेमा पनि सिकाइने उहाँको भनाइ छ ।
सदरमुकाममा पनि राम्रा होटेल भएकाले थप व्यवस्थीत बनाउनका लागि तालिको आयोजना गरिएको सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष शुशिला रोकाया (भाम)ले बताउनुभयो । जिल्लामा विभिन्न रैथाने बालीहरु उत्पादन हुने भएकाले यहाँको उत्पादनलाई समेत बढावा दिनका लागि यो तालिमको आयोजना गरिएको हो । कार्यबाहक अधयक्ष तथा उपाध्यक्ष रोकाया (भाम)ले सिप सिकेमा खेर नजाने र जिल्ला बाहिरबाट महंगो तलब दिएर कुक ल्याउनुभन्दा यहाँकै स्थानीयले सिप सिकेपछि उनीहरु सरह तलब पाउनुका साथै रोजगारी समेत पाउने भएको रोकायाले बताउनुभयो । तालिम सिकेर यही उत्पादन भएका कुकले यहीँ रोजगारी पाउन उपाध्यक्ष रोकायाले बताउनुभयो ।
आजबाट उद्घाटन भएको कुक वेकरी तालिममा प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी,सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, विभिन्न वडाका वडाध्यक्ष सहित तालिम लिने होटेल व्यवसायीको सहभागीता रहेको प्रतिभा मरासिनीले बताउनुभयो । दश जना होटल , तीन होमेस्टेबाट ६ जना र रेस्टुरेण्डबाट ४ जना गरेर २० जना व्यवसायीलाई तालिम दिइने भएको मरासिनीले बताउनुभयो । सिमकोट गाउँपालिकाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सिमकोट, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको प्रायोजकमा २० दिने कुक वेकरी तालिम सञ्चालन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच