
हेटौंडा । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।बुधबार दिउँसो जंगलमा लागेको आगो अकस्मात् बस्तीमा पस्दा बागमती गाउँपालिका ९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको घरमा आगलागी भइ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, स्याङताङको २ तले जस्ताले छाएको कच्ची घरमा घर देखी नजिकै रहेको कालिश्वर सामुदायिक वनबाट आगो सल्कन गई आगलागी भएको थियो।उक्त आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट भएको छभने घर भित्र रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात क्षती भएको छ।
इलाका प्रहरी कार्यालय फापरबारीबाट खिटिएको प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा आएको जानकारी दिइएको छ। पछिल्लो केही दिनयता मकवानपुरका विभिन्न सामुदायिक वनमा आगलागीका घटना बढ्दै गएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच