काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकको हकहित र अधिकारका लागि कार्य गर्ने र उनीहरूलाई समाजमा सम्मानजनकरूपमा बाँच्न उपयुक्त वातावरण बनाउने उद्देश्यसाथ स्थापना भएकोे संस्थालाई सिटिजन्सले दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ ।
आश्रममा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गर्दै वृद्धहरूको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय कार्य गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग गर्र्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच