काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै संस्थाबीच सम्झौता भएको हो ।
तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको हो । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने महासंघले जनाएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने महासंघले जनाएको छ । तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।
नेपालीहरूको महत्वपूर्ण रोजगार गन्तव्यका रूपमा रहेको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तुलगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेकाले नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ ।
परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले बताएका छन् । कतार चेम्बरका अध्यक्ष थानीले भन्नुभयो, ‘यस सम्झौताले आगामी दिनमा सहकार्य थप बढाउनेछ ।’
त्यसैगरी महासंघ अध्यक्ष ढकालले परिषद्मार्फत् थप सहकार्यका लागि थप काम गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ । परिषद्को स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ ।’ त्यसैगरी महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता पनि कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमै भएको हो । महासंघ र कतार चेम्बरबीच सन् २००५ मा पहिलोपटक समझदारी भएकोमा त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेको महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच