भोजपुर गोल्डकप : बिहिवार त्रिभुवन आर्मी र खोटाङको भगवतीका बीचमा सेमिफाइनल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरमा जारीसातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बिहिवारबाट सेमिफाइनलका खेल सुरु हुने भएको छ । बिहिवारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडाैं र खोटाङ भगवती स्पोर्ट्स क्लब बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।

आठ टिमको सहभागितामा संचालित प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई ४-० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको थियो भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २-१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मंगलवार भएको तेश्रो खेलमा डाँगीहाट यूथ क्लव मोरङलाई ४-० गोलले पराजित गर्दै सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै बुधवारको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ३-० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेड, काठमाडाैंले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

शुक्रवारको दोश्रो सेमिफाइनल खेल सलहेश युवा क्लव सिरहा र चर्च व्बाइज युनाइटेड, काठमाडाैंबीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेलआगामी बैशाख १५ गते हुनेछ । भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा गत बैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भई रहेको छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?