काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढामाथि मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी पनि यो प्रकरणमा मुछिएका छन् ।
चंखेली–३ को सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा उनीहरूमाथि मुद्दा लागेको हो ।
चंखेली–३ का तत्कालीन वडाध्यक्ष ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस गरेर अनियमितता गरेको अख्तियारको ठहर छ ।
उनीहरूमाथि दुई लाख २२ हजार ५०१ तीन रुपैयाँ १७ पैसा बिगो माग गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच