काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगञ्ज क्लब विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ का अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५-३ गोलले पराजित गरेको हो ।
खेलमा बंगलादेशका तर्फबाट जाकिर हुसेन सहिमले ३ र मयहेदी हसन तोपुले २ गोल गर्नुभयो भने नेपालबाट सुमन लिम्बूले २ र दिवाकर सेनले एक गोल फर्काउनुभयो । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको हो ।
फोटो पत्रकारिता दिवसका अवसरमा खेलकुदका माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले दिनुभयो ।
नारायणगञ्ज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गर्नुभएको थियो ।
सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल, प्रमाणपत्रसँगै मायाको चिनो साटासाट गरिएको थियो । कार्यक्रम सफल बनाउन प्रिन्टिङ एक्सप्रेस र म नेपाली ब्राण्डले जर्सी सहयोग गरेको थियो भने गोल्डस्टार सुजले फुटबल, जुत्ता, एन्फा एकेडेमीले ग्राउण्ड उपलब्ध गराएको थियो ।
त्यस्तै, हिमाल हस्पिटलले स्वास्थ्य टिम उपलब्ध गराउँदा नेपाल एयरहोस्टेजले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो । कार्यक्रममा ढाका टोपी प्रज्ज्वल ओझाले सहयोग गर्दा स्वस्तिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका-९ आरुबारीले पनि साथ दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच