पोखरा । पोखरा महानगरपालिका-२९ स्थित लेकसिटी ब्याडमिन्टन क्लबको आयोजनामा (आज)शुक्रबार र शनिबार दुईदिन चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ । पोखरा महानगरपालिका-२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका-३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुनेछ ।
प्रतियोगिताअन्तर्गत ‘ए’ लेबल मेन्स डबल, ‘सी’ लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा १२६ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो । ‘ए’ लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४१ हजार, २२ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
‘सी’ लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई ३५ हजार, १८ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । ५५ वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, १६ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच