काठमाडौं । ‘पञ्चकोट साहित्य सम्मेलन कार्यसमिति गठन गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्वअध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू काजी रोशन, प्रेम छोटा र मञ्जिला अनिल रहनुभएको छ । त्यस्तै, महासचिवमा सुभाषचन्द्र पौडेल भीमफेदीया, सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ हुनुहुन्छ ।
त्यसैगरी सदस्यहरूमा प्राडा.जगन्नाथ रेग्मी, दुर्गा दृशी अधिकारी, विक्रमभक्त जोशी, मुरारी सिग्देल, रूद्र अधिकारी, हरिश कल्पित र पारू तिमिल्सिना हुनुहुन्छ । संस्थाको प्रधान संरक्षकमा स्वामी कमलनयनाचार्य रहनुभएको छ भने संरक्षकमा बागलुङ नगरपालिका प्रमुख वसन्त श्रेष्ठ रहनुभएको छ ।
यस्तै सल्लाहकारहरूमा वरिष्ठ साहित्यकारहरू प्राडा.वासुदेव त्रिपाठी, प्राज्ञ जगमान गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरू पद्मावती सिंह, प्राज्ञ उन्नति बोहरा शीला, तीर्थ श्रेष्ठ, प्राडा.कुसुमाकर न्यौपाने र प्राडा. लक्ष्मणप्रसाद गौतम रहनुभएको छ ।
कार्यसमितिको बैठकबाट सांस्कृतिक समिति र कार्यक्रम संयोजन समितिसमेत गठन गरिएको छ । सांस्कृतिक समितिको संयोजकमा संगीतकार नरहरि प्रेमी हुनुहुन्छ् भने सदस्य सचिवमा गायक ऋतु कँडेल तथा अन्य सदस्यमा नायक हरिश कल्पित र सर्जक कमला रिसाल हुनुहुन्छ । त्यसैगरी कार्यक्रम संयोजन समितिका संयोजकमा मुरारी सिग्देल रहनुभएको छ भने सदस्य सचिवमा निता श्रेष्ठ रहनुभएको छ ।
संस्थाले पञ्चकोटमा स्रष्टाघर निर्माणका लागि पहल गर्ने, बागलुङ नगरपालिकामा स्रष्टा पार्क निर्माणका लागि पहल गर्ने, वार्षिक रूपमा सम्मेलन गर्न स्थानीय निकायसँग पहल गर्ने तथा पञ्चकोट साहित्य सम्मेलनको आजीवन सदस्य बन्न इच्छुक स्रष्टाहरूलाई स्वागत गर्नुका साथै गत फागुन २० गते सम्पन्न पहिल्लो सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णयसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच