बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत हाल छविसपाथिभेरा गाउँपालिका वडानम्बर १–७ वडा लगायत थलारा गाउँपालिका ९ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्राप्त परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । काग्रेसलाई पछि पार्दै नेकपा माओवादी दोस्रोमा उक्लिएको छ ।
छविसपाथिभेरा वडानम्बर १–७ वडा लगाएत थलारा गाउँपालिका ९ को मत गणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले२ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने माओवादी उम्मेदवार जनक बुढाले १ हजार ७४ मत ल्याउनुभएको छ ।
यस्तै नेपाली कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९२ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८ सय ४१ पाउनु भएको छ । राप्रपाका किशोर खड्काले २० मत पाउनु भएको छ ।
अहिले खप्तडछान्ना गाउँपालिकाको मत गणना सुरू भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच