पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ । श्रृंखलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनु भयो ।

काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड रहेको थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?