काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत १८ गते नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको अख्तियारले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच