
पर्वत । ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउण्ड सम्पन्न भएको छ । पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउण्ड सम्पन्न भएको हो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउण्ड आयोजना गरिएको थियो । जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरेका थिए । सन्तोष उपाध्यायसहित उज्ज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यस राउण्डको निर्णायक हुनुहुन्थ्यो ।
त्यसैगरी, तीन घण्टासम्म चलेको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कसैले नृत्य र गीत गाएर संगीतमय माहोल बनाएका थिए भने केहीले कविता वाचन गर्दा कसैले पेन्टिङ बनाएर कला देखाएका थिए त केहीले स्टेजमा ड्रामासमेत प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउण्डबाट महिलातर्फ शीर्ष पाँच र पुरुषतर्फ शीर्ष तीन प्रतियोगीहरूको नाम घोषणा गरिएको थियो । महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप पाँच पाँचभित्र पर्नुभयो भने पुरुषतर्फ सन्देश सिटौला, विप्लवराज नागनहर र मनीष श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट हुनुभएको थियो ।
यस राउण्डको निर्णयकको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पाल कार्की र अभिषेक मोहन्टी रहनुभएको थियो । सबटाइटल राउण्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ ।
सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सबटाइटल राउण्ड सफलतापूर्वक सकिएको भन्दै आभार व्यक्त गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायत स्थानीय वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो ।
प्रतियोगिताको फिनाले वैशाख १९ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । फिनालेमा विजेताहरूलाई पाँच लाखबराबरको गिफ्ट हृयाम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्याण्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्याण्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच