काठमाडौं । यसअघि जेठ १० मा सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘दान्भी’ अब आगामी असार ७ मा सिनेमाघरमा आउने भएको छ । यो मितिमा दुई ठूलो चलचित्र ‘पूजार सार्की’ र ‘फर्की फर्की’ सिनेमाघरमा आउने भएपछि ‘दान्भी’को प्रदर्शन मिति सारिएको हो । यो चलचित्रमार्फत अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा देखिँदै हुनुहुन्छ ।
रूपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजाको जोडी कुन्साङ बम्जनसँग बाँधिएको छ । दुई दर्जन बढी गीतका भिडियोमा काम गर्नुभएका कुन्साङले यही चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गर्नुभएका किरण श्रेष्ठको पनि चलचित्रमा अभिनय छ ।
देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता पवन रानामगर हुनुहुन्छ भने कमला मल्ल, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ र जीवन तामाङ सहनिर्मातामा रहनुभएको छ । यसमा हरिबहादुर घलेको छायांकन, रविना थापामगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच