नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन भएको सातौं मेलामा २ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । चैत २३ गते देखि वैशाख ३ गतेसम्म चलेको मेलामा २५ हजार दर्शकले अवलोकन गरेको आयोजक बर्दघाट उद्योग बाणिज्य संघले जनाएको छ ।
बर्दघाटमा संचालित मेलाबाट बर्दघाट नगरपालिकाले एक लाख ६१ हजार २ सय रुपैया मनोरञ्जन कर संकलन गरेको छ । मेलामा टिकट काटेर १३ हजार ५ सय जना प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । प्रती टिकट रु ८० रुपैयाँका दरले आउने टिकट शुल्कको १५ प्रतिशतले हुन आउने रकम मनोरञ्जन कर बापत लिने गरि नगरपालिकाले सम्झौता भएको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । "नगरले आफ्नो आन्तरिक राजस्व बढाउने स्रोतका रुपमा मेलालाइ लिइयो । जुन बर्दघाटको लागि पहिलो र नया अभ्यास गरेका हौं ।" श्रेष्ठले भन्नुभयो ।
मंगलबार पत्रकारमार्फत आयव्यय सार्वजनीक गर्दै बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटले २९ लाख २३ हजार आम्दानी गरेको अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो । "सिद्धबाबा एक्जिबिसन, २२ लाख, प्रयोजकबाट २ लाख ३० हजार र बर्दघाट नगरपालिकाबाट ४ लाख ९३ हजार रुपैया आम्दानी प्राप्त भएको छ ।" न्यौपानेले भन्नुभयो ।
सातौं मेलाबाट ८ लाख ६४ हजार ५९ रुपैयाँ बचत भएको छ । बचत भएको रकम मध्यबाट ५ लाख रुपैयाँको बिपत कोषको स्थापना गर्ने र एक लाख बराबरको व्यवासायीलाई व्यवासय बीमा गर्ने न्यौपानेले बताउनु भयो । मेलामा दैनिक उपभोग्य बस्तु तथा घरेलु उत्पादन जडीबुटी बाल उद्यान लगायतको एक सय ३० वटा स्टल रहेको थियो । मेलामा आयोजकले ४ करोड अपेक्षा राखेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच