सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिनुभयो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उनलाई बगाएको दंगालले जानकारी दिनुभयो ।

पाँचजना विद्यार्थी सर्भेमा खटिएका बेला उनलाई बगाएको र खोजीकार्य भइरहेको उहाँले बताउनु भयो । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजीकार्य गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’

विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित् पक्षले सक्रियता देखाइदिन उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?