
काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।
ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। केही इन्टरनेट सेवा प्रदायकको सेवा नै बन्द भएको छ भने केहीको एकदैम सुस्त चलेको छ ।
प्रयोगकर्ताहरूले विभिन्न स्थानहरूमा इन्टरनेट सेवा डाउन अर्थात् नचलेको गुनासो सामाजिक सञ्जालहरूमा पोखिरहेका छन् ।
नेपालका इन्टरनेट सेवाप्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्यान्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए । सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको उनीहरूकाे भनाइ छ ।
नेपालका अधिकांश इन्टरनेट सेवाप्रदायक संस्थाहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क विगत १० आर्थिक वर्षदेखि राज्यलाई बुझाएका छैनन् । सञ्चार मन्त्रालयले सो रकम भुक्तानी गर्न उनीहरूलाई ताकेता गरेको थियो ।
इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले यसअघि जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी समेत दिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच