![सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/World-Press-Freedom-Day.jpg)
भोजपुर । भोजपुरमा बिहिवार भएको आगलागीमा चार वटा घर र तीन गोठ जलेको छ । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर १ भिरकोटको खत्री टोलमा आगलागी हुदाँ घर र गोठ गरी सात वटा जलेको हो ।
करिब १२ बजेतिर भएको आगलागी पानीका कारण नियन्त्रणमा समस्या भएको थियो । नयन्द्र खत्री, टेकबहादुर खत्री, देवी बहादुर खत्री लगायतको घर जलेर नष्ट भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।
घरमा बसोवास गर्दे आएका नयन्द्रको चार जनाको परिवारलाई भने तत्कालै राहत स्वरुप चामल, लुगाकपडा, भाडावर्तन, कम्वल लगायतका सामाग्रीहरु उपलब्ध गराईएको छ ।
पौवादुङमा गाउँपालिको तर्फबाट तत्कालका लागि २० हजार उपलब्ध गराईएको छ भने घर निर्माणका लागि जस्तापात उपलब्ध गराईने वडाध्यक्ष तामाङले बताउनुभयो ।आगलागी नियन्त्रणमा सिह बाल सुधार आधारभुत बिद्यालयका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
आगलागीबाट १२ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीका कारण भोजपुरमा पछिल्लो समयमा आगलागीका घटनाहरुमा बृद्धि हुदै गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
![सत्ता गठबन्धनमा अविश्वास कायमै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/kp-and-prachana.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच