काठमाडौं । फोनपे भारतले काठमाडौंमा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ । कार्यक्रमले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायक, युपिआई भुक्तानी लिने व्यवसायी र व्यापार संघका प्रतिनिधिलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालालाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।
कार्यक्रमका लागि नेपालको फोनपेले सहकार्य गरेको थियो । जुन नेपाल-भारत क्रस बोर्डर युपिआई अन्तरआबद्धताका लागि एनआइपी एलको काउन्टर पार्टी पनि हो । सो अवसरमा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रका लागि युपिआईको सम्भावनाबारे चर्चा गर्नुभएको थियो भने नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीका प्रभावबारेमा पनि छलफल भएको थियो ।
उक्त प्यानल छलफलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्कालगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच