बझाङ । मष्टा गाउँपालिकाका आमा बुवा दुबै नभएका र सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
शुक्रबार मष्टा गाउँपालिका वडा नं. –१ का वडाध्यक्ष रामचन्द्र रोकायाको उपस्थितिमा अभिभावक गुमाएका ४४ जना बालबालिबालाई शैक्षिक सामाग्री वितरण गरिएको वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।
अभिभावक विहीन बालबालिकाहरुको शिक्षामा पहुँच पुर्र्याउन र उनीहरुलाई वडा कार्यालयद्धारा अभिभावकत्व अनुभूति गराउनका लागि शैक्षिक सामाग्री कलम, कापी, र झोला बितरण गरेको गरेको वडाध्यक्ष रोकायाले बताउनुभयो ।
बालबालिकाहरु कसैले पनि शिक्षा पाउनबाट बञ्चित हुन नपरोस् भन्ने वडाको योजना अनुसार बालबालिकाको खोजी गरी शैक्षिक सामाग्री हस्तान्तर गरेको र आगामी दिनमा समेत टुहुरा बालबालिकाहरुलाई वडा कार्यालयद्धारा विभिन्न सहयोगका कार्यक्रमहरु संञ्चालन गरिने वडाध्यक्ष रोकायाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच