इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा हमला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इजरायली सेनाले गाजा शहरको अल-शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल-शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ ।

गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल-शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?