छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै पहिचान झल्किने लोगो

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो प्रयोगमा ल्याएको छ ।

स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो प्रयोग गर्न पाउने ब्यबस्था अनुसार छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निर्माण गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन,पहिचान ऐतिहासिक जनजिवन, भुगोल साँस्कृतिक पहिचान झल्कीने गरी प्रतिक चिन्ह लागो निर्माण गरेर सञ्चालनमा ल्याएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकार संचालन ऎनले दिएको अधिकार प्रयोग गर्दै आफ्नै पहिचान झल्किने गरी नगरपालिकाले पनि आफनै पहिचान झल्कीने लोगो निमार्णका गर्ने नगर कार्यपालिकाको निर्णय गरेको थियो ।

सोही अनुसार छायाँनाथ रारा नगरपालिकाको पहिचान झल्कीने गरि नगरपालिाका भित्र रहेका पर्यटकिय क्षेत्र नेपालको सबैभन्दा ठुलोताल रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानका बाला, नगरपालिकाको नक्सा, नेपालको नक्सा, राष्ट्रिय झण्डा लगायतका पर्यटकीय क्षेत्र समावेश गरेर नगरपालिकाको लोगो निर्माण गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगोसहितको लेटरहेड पनि सञ्चालनमा ल्याइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?