काठमाडौं । आगामी जेठमा अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकपका लागि नेपालको जर्सी नयाँ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकपको जर्सी तयार गरिसकेको छ । क्यानले चाँडै नै औपचारिक कार्यक्रम गरेर उक्त जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा हुनेछ । रातो, हल्का मधुरो र सेतो रङमा हुनेछ । बीचमा नेपाल लेखिएको हुनेछ । बीचको भागको रङ निलो हुन्छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी-२० विश्वकपको लोगो हुनेछ । कलर अर्थात् घाँटीको भाग रातो रङमा हुनेछ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा हुनेछ ।
जर्सी वर्तमान सिनियर टोलीले लगाएको भन्दा फरक बनाएको छ । टी-२० विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स र नेपाल छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई/दुई टोली सुपर आठमा पुग्नेछन् । नेपाल सन् २०१४ पछि पहिलोपटक टी–२० विश्वकप खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच